विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुंगलाई प्रहरीले घरमै सलामी दिएका छन् । तेह्रथुमको मेन्छयाम ५ स्थित मोराहांग पुगेका बेला खापुंगलाई स्थानीय प्रहरीले सलामी दिएका हुन । खापुंग हिजो आफ्नो जन्म घर गएका थिए । जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार कानुन अनुसार नै उहाँलाई सलामी दिइएको हो ।

प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मण ओलीले जन्म घर आएको बेला प्रहरीले सलामी दिएको बताए । उनले भने, उहाँले कानुन अनुसार नै सलामी पाउने हो त्यही अनुसार उहाँलाई सलामी दिइएको हो । खापुङ सङ्खुवासभाको मादी नगरपालिकास्थित जनता माध्यमिक विद्यालयको हीरक महोत्सवमा सहभागी भएर घर फर्किएका थिए । उनका प्रेस सल्लाहकार देवेन्द्र खापुङका अनुसार तेह्रथुममा उनको कुनै औपचारिक कार्यक्रम थिएन । मोराहाङ –५ प्रदेश प्रमुख खापुङको जन्मघर हो ।