विराटनगर। लोकआस्थाको महान पर्व ुछठु आज तराईका जिल्लाहरुमा हर्षोल्लास र भव्यताका साथ मनाइएको छ। विराटनगरमा पनि यो पर्वलाई भब्यताका साथ मनाईएको छ। श्रद्धा, उपवास र कठोर अनुशासनका साथ यहाँका व्रतालुहरूले सूर्यदेव र छठी माताको पूजाआराधना गरेका हुन्। विराटनगरको सिँगिया खोला, केसलिया खोला तथा  तलाउ, सिँचाई आयोजनाको नहरमा अस्ताउँदो सुर्यलाई अघ्र्य दिईएको हो ।

चार दिनसम्म चल्ने यस कठोर पर्वको तेस्रो दिन आज साँझ विराटनगरका विभिन्न जलाशय, पोखरी तथा नदी किनारहरूमा अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिइएको छ। विराटनगरका सिंघिया खोला, केशरिया, हाटखोला लगायतका विभिन्न पोखरी तथा जलाशयहरूमा हजारौँ सङ्ख्यामा श्रद्धालुहरूको भीड लागेको थियो। बाँसको टोकरीमा ठेकुवा, भुसुवा, फलफूल र विभिन्न प्रसाद सजाएर घाटमा पुगेका व्रतालुहरूले पानीमा उभिँदै अस्ताउँदो सूर्यलाई श्रद्धापूर्वक अर्घ्य अर्पण गरे।

सन्तान प्राप्ति, परिवारको कल्याण, आरोग्य र सुखी जीवनको कामनासहित मनाइने यस पर्वमा महिलासँगै पुरुषहरूले समेत कठिन निराहार व्रत बसेका छन्। प्रकृतिप्रतिको कृतज्ञता र सूर्यको उपासनासँग जोडिएको यस पर्वको रौनकले विराटनगर सहरलाई पूर्ण रूपमा भक्तिमय बनाएको छ। चारदिने अनुष्ठानको अन्तिम दिन भोलि बिहान सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको छठ पर्व औपचारिक रूपमा सम्पन्न हुनेछ। विराटनगरका बिभिन्न छठी घाटहरुमा बालबालिका खोजतलास केन्द्र र सिविन नेपालले सचेतना सन्देशहरु समेत प्रचार प्रसार गरेको थियो।

905261228_1437652504742204_1573266326808235508_n892575129_1369481332924495_6317822430664941294_n907887527_2061813544474348_624985079218271933_n884182324_1086587197746332_8177352279391836057_n902437452_1707089941077273_1155148304009137381_n892789118_1880481603377324_10727116493970056_n902093147_1817189902818802_8253254355953324940_n904996596_1867099091146289_3105242282299547703_n893456918_1770845067342950_1036767866012283757_n910738128_2121557341837336_6298503272804210407_n907846862_1585197886771781_5712782039015039600_n911955043_1675380870810325_763528180212787628_n