विराटनगर। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले विराटनगरमा एकता तथा समायोजन कार्यक्रम तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ। विराटनगर महानगर कमिटीको आयोजनामा ‘एकता समायोजन तथा शुभकामना आदान–प्रदान कार्यक्रम’ सम्पन्न गरेको हो ।
कार्यक्रममा नेकपाका नेताहरू राजेन्द्र राई, हर्क नेम्वाङ ’मिक्सो’, इन्द्रबहादुर आङ्बो, शिवकुमार मण्डल, भोगेंद्र यादव लगायतका नेताहरूले पार्टीको वर्तमान राजनीतिक तथा साङ्गठनिक अवस्था र आगामी कार्यदिशाका बारेमा स्पष्ट पारेका थिए। कार्यक्रममा नेताहरूले पार्टीभित्रको साङ्गठनिक सुदृढीकरण, एकता समायोजनका कामहरूलाई व्यवस्थित बनाउने र आगामी दिनमा पार्टीलाई अझ सशक्त रूपमा अगाडि बढाउने विषयमा जोड दिएका थिए। साथै, आसन्न चाडपर्वका अवसरमा एकापसमा शुभकामना आदान–प्रदान समेत गरिएको थियो। कार्यक्रममा विराटनगर महानगरपालिका भित्र रहेका नेता कार्यकर्ता तथा जिल्ला तहका नेताहरू सहभागी थिए।