सुनसरी । १०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशले पहिलो सफलता हात पारेको छ ।
कोशीका पौडी खेलाडी विकास कुमालले ५० मिटर ब्रेस्टस्ट्रोक विधामा स्वर्ण पदक जित्दै प्रदेशलाई पहिलो स्वर्ण दिलाएका हुन् ।
मंगलबार नेपालगञ्जस्थित पौडी पोखरीमा भएको स्पर्धामा विकासले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेका हुन् ।
राष्ट्रिय खेलकुदमा कोशी प्रदेशको प्रतिनिधित्व गरिरहेका उनले पौडीको ब्रेस्टस्ट्रोक विधामा प्रदेशका लागि पहिलो स्वर्ण पदक जित्न सफल भएका हुन् ।
प्रतियोगितामा विकासको स्वर्णसँगै कोशी प्रदेशले पदक तालिकामा आफ्नो खाता खोलेको छ ।
राष्ट्रिय खेलकुदमा कोशीका खेलाडीले पहिलो स्वर्ण जितेपछि प्रदेशको खेलकुद क्षेत्रमा उत्साह थपिएको छ ।











