विराटनगर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दहालले नेकपा एमालेसँग चाँढै सहकार्य हुने बताएका छन् । विराटनगरमा १ नम्बर प्रदेश कमिटीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले एमालेसँग सडक र सदन दुवै ठाँँउमा सहकार्य हुने बताए । उनले आगामी निर्वाचनमा पनि एमालेसँग सहकार्य हुने दाबी गरे । 

अहिले सदनमा दरो उपस्थिति जनाउन पनि सहकार्य गर्नुपर्ने अवस्था आएको छ सडकमा पनि यो सहकार्य निर्वाचनमा समेत हुनेछ । उनले अहिले नै एकता भै हाल्ने अवस्था भने भै नसकेको बताए । तर सहकार्य हुने अवस्था तयार भएको छ । यो नीति मात्रै नभएर  यो छलफल बाट आएको निष्कर्ष भएको बताए ।
 
उनले आफू जस्तो सुकै क्रम भङ्ग गर्न सक्ने बताए । उनले भने महाधिवेशनले नयाँ क्रम भङ्ग हुन्छ । प्रचण्डको यो अन्तिम क्रम भङ्ग हो । त्यसका लागि तपाईँहरू तयार रहनुस् । उनले भने पोले पनि घामै जाति पिटे पनि आमै जाती आफ्नै पार्टी जाती । 

संयोजक दाहालले रास्वपाले १ सय दिन नपुग्दै उनीहरू के हुन भन्ने देखाएको बताए । उनले भने सिमानामा १ सय रुपैयाँ भन्दा माथिको सामानमा भन्सार लगाएर , सुकुम्वासीको बस्ती उजाडेर आफ्नो पहिचान दिए । म रास्वपालाई धन्यवाद दिन चाहन्छु उनीहरू हाम्रा कारणले  होइन आफ्नै कारणले जनताको तर्फबाट धारे हात लाग्ने अवस्थामा पुगेका छन् । 

उनीहरू गरिब सुकुम्वासी जनजाति र सीमान्तकृत समुदायको विरोधी भएको बताए । उनले भने, यो सरकार नव उदारवादी फासिस्ट शैलीमा अगाडि बढेको छ ।
गरिब सीमान्तकृत समुदायका विरुद्ध लागेको छ । उनले रास्वपाले प्रदेश सभा खारेजी र संविधान खारेजीमा लागेको बताए । उनले भने अब जाग्ने की नजाग्ने ? हामी कम्युनिष्ट हुने की नहुने ? कम्युनिष्ट नभईकन यो फाँसीवादका विरुद्ध लड्न र जित्न सकिँदैन  । कम्युनिष्ट हुने सङ्कल्प नलिए सम्म यो निरङ्कुशताको विरुद्ध लड्न सकिँदैन ।