सुनसरी । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सङ्घीयता कार्यान्वयनमा प्रदेशका कमजोरीहरूका बारेमा खोजी गर्नुपर्ने बताएका छन् ।
कोशी प्रदेशको राजधानी विराटनगरमा आजबाट सुरु भएको ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले उनले स्थानीय तह सहितको साथ सहयोगले प्रदेश बलियो बनाउनु पर्ने बताए ।
उनले सङ्घीय कानून परिवर्तन नभएका कारण सफलता हासिल गर्न नसकेको बताए । उनले भने, ‘हामी मिलेर गएनौ भने हामीलाई आलोचना मात्रै भई रहने छ । सेतो हात्ती भनेर भनी रहने छन् ।’
मुख्यमन्त्री कार्कीले प्रदेशले गर्ने खर्चको अंश एकदमै थोरै भए पनि खर्च धेरै भो भनेर हल्ला खल्ल भएको बताए ।
कोशी प्रदेश सरकारको आयोजनामा भएको सम्मेलनमा सुदूरपश्चिम प्रदेशबाहेक अन्य ६ वटै प्रदेशका मुख्यमन्त्रीको सहभागिता रहेको छ। सम्मेलन २ दिन सम्म चल्नेछ ।

















