विराटनगर । नेकपा एमालेको कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुर्नगठन सम्बन्धी सुझाब संकलन कार्यक्रम विराटनगरमा शुरु भएको छ ।
एमालेले उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा कार्यदल बनाएर सुझाब संकलन शुरु गरेको छ । सुझाब संकलनका लागि कार्यदलका संयोजक रामबहादुर थापा बादल, उपाध्यक्ष बिष्णु पौडेल, पृथ्वी सुब्बा गुरुगं, महासचिव शंकर पोख्रेल,सचिवहरु भानुभक्त ढकाल, शेरधन राई, हिक्मत कार्की विराटनगरमा आएका हुन् ।
सुझाब संकलनमा सहभागि हुन कोशी प्रदेशमा रहेका सबै केन्द्रिय सदस्यहरु,प्रदेशका कमिटिका सचिवालय सदस्यहरु, सहभागि हुने छन् । यस्तै प्रदेशका १४ वटै जिल्लाका पदाधिकरी, जनबर्गिय संगठनका इन्चार्ज र अध्यक्षहरु सुझाब संकलनमा सहभागि हुनेछन् ।
कार्यदलले आयोजना गरेको कार्यक्रमको व्यवस्थापन भने प्रदेश कमिटिले गर्ने छ । निर्वाचनमा एमालेको लज्जास्पद हार भएपछि पार्टी पूर्नगठनको बहस शुरु भएको छ । सोही बहसका बिषयमा पार्टीले सुझाब संकलन थालेको हो ।















