विराटनगर । मोरङको रतुवामाईमा नगरपालिका लागू औषध कारोबारी बिच झडप भएको छ । नेपाल भारत सीमा क्षेत्रमा हतियारसहित लागू औषध गिरोह सक्रिय भएपछि प्रहरीसँग झडप भएको हो । सो गिरोहलाई लाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ  । 
झडपपछि दुई भारतीयसहित तीन जना कारोबारी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दुई भारतीय र एक नेपाली नागरिक छन् । तस्कर समूहलाई घेरा हाल्ने क्रममा भएको फायरिङमा एक जना प्रहरी जवान समेत घाइते भएका छन् ।
प्रहरीले उनीहरूको साथबाट आधा किलो खैरो हेरोइन, एक थान पेस्तोल र ओसारपसारमा प्रयोग गरिएको मोटरसाइकल बरामद गरेको छ । सीमापारिबाट हतियारसहित ठुलो परिमाणमा लागू औषध भित्रिँदै गरेको विशेष सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्युरोको टोली रतुवा माई पुगेको थियो । टोली पुग्नसाथ लागू औषध कारोबारीको समूहले गोली चलाएको प्रहरीको दाबी छ ।
लागू औषध कारोबारीले फायरिंंग गरेपछि प्रहरीले गोली चलाएर लागू औषध सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।  पक्राउ परेको यो सङ्गठित समूहले पूर्वी सीमा क्षेत्रलाई ट्रान्जिट बनाएर हतियारको आडमा लागू औषधको अवैध धन्दा चलाउँदै आएको प्रारम्भिक अनुमान छ ।
घाइते प्रहरीको उपचार भइरहेको छ भने पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।