सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कोशीको सभापतिमा चन्द्र राई विजयी भएका छन् । ४ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै राई रास्वपा कोशीको पहिलो अधिवेशनबाट सभापतिमा राई निर्वाचित भएका हुन् ।

उनी यसअघि प्रदेशका कोषाध्यक्ष थिए । भर्खरै सम्पन्न मतगणनाको परिणाम अनुसार राईले २८० मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी गोमा तामाङ (सरीन) १४१ मतमा रोकिइन् ।

सभापतिमा पराजित भएकी तामाङले मतदाताहरूलाई धन्यवाद दिँदै आजैबाट राजनीतिको बिट मारेको घोषणा गरेकी छन् । अन्य प्रतिस्पर्धी डा। खगेन्द्र कटुवालले ४१ र चन्द्रकुमार गौलीले २७ मत प्राप्त गरे ।

सभापति पदका लागि भएको निर्वाचनमा ४९० मत खसेकोमध्ये ४८९ मत सदर भएको थियो ।