सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी कोशीको निर्वाचनमा पराजित हुने भएपछि कार्यवाहक अध्यक्ष गोमा तामाङ(सरिन)ले राजनीतिबाट बिट मार्ने घोषणा गरेकी छिन् । 

निर्वाचन प्रकृया प्रति तिव्र असुन्तुष्टि व्यक्त गर्दै आएकी तामाङले आज सामाजिक सञ्जाल फेसबुकमा मतदातालाई धन्यावाद भन्दै राजनितिबाट बिट मार्ने बताएकी हुन । 

उनले लेखेकी छिन्, आजबाट राजनीतिक बिट मारे। मतदाता सम्पुर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । उनी रास्वपाकी संस्थापक नेतृ हुन् । 

उनले प्रदेश निर्वाचनमा प्रतिनिधि सभा सदस्य तथा केन्द्रिय सदस्यहरुले प्यानल सिर्जना गरेको आरोप पनि लगाएकी छिन्  । उनले फेसबुकमै निर्वाचनमा नेतृत्वले गरेको पक्षपातपूर्ण व्यवहारको विरोध गर्दै असन्तुष्टि व्यक्त गरेकी छिन्  । 

उनले लेखेकी छिन्,आखिर माथिको ह्विप भन्दै हराएरै छड्यौ मानिय तृतीयज्युर केन्द्रिय सदस्य ज्यु धन्यवाद तपाईं चौथाज्युहरुलाइ  सायद अनेक  सेटिङ प्यानल बनाउन जानिन मैले यो कारण गुटबन्दीको घाउले पिरल्छ कोशिलाइ  भनेर तर यो मेरो सोझो सिधापन आज दुखाइ भो सबैलाई। हजुरिको राजनीतिक गर्नै जानिन कमजोरी भो मेरो। 

निर्वाचनमा नेतृत्वले प्यानल सिर्जना गरी मत मागेको भन्दै विरोध जनाएकी थिइन्  ।   उनले हिजो साँझ आक्रोश व्यक्त गर्दै प्रतिनिधि सभाका सांसदहरूले उनका प्रतिस्पर्धीलाई मत मागेको भन्दै उनले यस्ता सांसदलाई कोशी कट्न नदिने चेतावनी समेत दिएकी थिइन् ।