विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले पार्टीमा समावेशिता नदेखिएको बताएका छन् । रास्वपा कोशी प्रदेशको अधिवेशनमा बोल्दै उनले पार्टी टाठा बाठाको मात्रै हुन नहुने बताए ।

 उनले धनकुटा जस्तो राई र लिम्बुहरूको बाहुल्यता रहेको जिल्लाको कार्यसमितिमा एक जना पनि राई नपर्नुले पार्टीमा समावेशिता नभएको बताए । उनले भने  पार्टीभित्रको समावेशितामा प्रश्न  राई र लिम्बुको बाहुल्यता भएको धनकुटा जस्तो ठाउँबाट ११ सदस्यीय समितिमा एक जना पनि राई नपर्नु न्यायपूर्ण हुँदैन । 

उनले  उहाँले पार्टी टाठा बाठा र पैसावालाको मात्र हुन नहुने  बताए । उनले भने पार्टीमा मधेसी, मुस्लिम, थारु, राई, लिम्बु लगायतका सीमान्तकृत समुदायलाई समेट्नुपर्ने बताए । 

उनले भने,के हामी समावेशी नेपालको परिकल्पना गरिरहेका छौँ ? के हाम्रो पार्टी टाठा बाठा, पहुँचवाला, पैसावालाको मात्रै बन्दै छ ? खबरदार  २०१६ सालमा आरक्षण थिएन, बिपी कोइरालाहरूले डोटीबाट द्वारिका देवी ठकुरानीलाई जिताएर १६ सालकै क्याबिनेटमा मन्त्री बनाएको इतिहास भुलेर अगाडि बढ्न सकिँदैन । 

उनले प्रदेशको नाम कोशी अझै स्वीकार नगरेको अवस्थामा पार्टीले समावेशिताको मुद्दा अङ्गीकार गर्नु पर्ने बताए । उनले भने , पनि पूर्वमा लाजेहाङहरू सहिद भइरहेका छन्, यहाँ पहिचानको आन्दोलन छ।

उनले विकास समृद्धि सुशासनको नारालाई मात्रै अगाडि सोर  राखेर समावेशितालाई ध्यान नदिए सबै भन्दा बढी समस्या कोशी प्रदेशमा हुने बताए । उनले भने  कोशी प्रदेशमा समावेशी समानुपातिकको हिसाब नगरी यस्ता समुदायलाई  हामीले लतार्दै लतार्दै सीमान्तकृत बनायौँ भने भोलि राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले धान्न गाह्रो छ।