सुनसरी । कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) बिनोद घिमिरे ले इलाका प्रहरी कार्यालय इटहरीको प्रस्तावित भवन निर्माणस्थलको अनुगमन गरेका छन्। अनुगमनका क्रममा सुनसरी प्रहरी प्रमुख केशव कुमार थेवे समेत सहभागी थिए।

डिआइजी घिमिरेले भवन निर्माणका लागि आवश्यक जग्गा प्राप्ति प्रक्रियालाई अगाडि बढाउन थप पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

जेनजी आगजनी घटनापछि आफ्नै भवनबाट विस्थापित भएको इलाका प्रहरी कार्यालय इटहरी हाल अस्थायी रूपमा इटहरी रंगशाला परिसरबाट सेवा प्रवाह गर्दै आएको छ।

स्थायी भवन निर्माणका लागि जग्गा व्यवस्थापन र पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाउन प्रहरी नेतृत्वले चासो देखाएको जनाएको छ।