सुनसरी । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई गृहमन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन् । 

सम्पत्तिको स्रोत सम्बन्धी विवादमा परेपछि सुधनले राजीनामा दिएका थिए। उनीमाथि छानबिन गर्न समिति बनेको थियो । सो समितिले गरेको छानविनको प्रतिवेदन आजै मन्त्रिपरिषदले ग्रहण गर्ने निर्णय गरेको छ । ग्रहण गरेको प्रतिवदेनको अध्ययन गरी कार्यान्वयन गरिने सरकारका प्रवक्ता सस्मित पोख्रेलले जानकारी दिएका छन् । 


यस्तै प्रधानमन्त्री बालेन्द्र शाहले सरकार विस्तार गर्दै महावीर पुनलाई मन्त्री बनाउन राष्ट्रपति समक्ष सिफारिस गरेका छन् । पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाइने भएको छ ।  उनीहरु दुवै जनालाई आजै दिउँसो ३ बजे राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ गराउने तयारी छ ।