विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीको मोरङ जिल्ला अधिवेशनलाई लिएर चुनावी सरगर्मी बढेको छ । अधिवेशनमा नेतृत्वमा जान चाहनेको सङ्ख्या बढी भएपछि अभिवेशनलाई लिएर रास्वपा भित्र चुनावी सरगर्मी बढेको हो । अधिवेशनमा मा सभापति पदका लागि तीन जनाले आँकाक्षा देखाएका छन् । उनीहरू मत माग्न थालेका छन् । रास्वपा मोरङको सभापतिका लागि सागर फुयाँल, कोषराज खनाल र भरत कँडेल आँकाँक्षी छन् । आँकाक्षी सागरलाई प्रधानमन्त्री बालेन शाह निकट उम्मेदवारको रूपमा चिनिन्छ । उनी पेसाले शैक्षिक व्यवसायी हुन् । देवकोटा कलेज र होलिल्यन्ड कलेजको प्रिन्सिपल भएका फुयाँल विराटनगरमा न्यु बिट कम्प्युटर इन्स्टिच्युट सञ्चालन गर्छन् । अध्यक्षका आँकाक्षी भरत कँडेल भने उर्लाबारी बस्छन् । उनी रास्वपा मोरङको संस्थापक सभापति हुन् । उनी डेढबर्ष अघि भएको भेलाबाट निर्वाचित सभापति हुन् । भेलामा सभापतिका लागि आँकाक्षी धेरै भएपछि निर्वाचन भएको थियो । निर्वाचनमा कँडेल विजयी भएका थिए । 
कँडेल सुरुमा प्राध्यापन पेसामा आबद्ध थिए । उनले उर्लाबारीका विभिन्न विद्यालय र क्याम्पसहरुम पढाए ।  उनी काउन्सिलको रूपमा समेत काम गर्दै आएका छन् ।  रास्वपा मोरङको सभापतिको रूपमा  आँकाँक्षी कोषराज खनाल भने वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ती हुन् । उनी १० वर्ष भन्दा बढी वैदेशिक रोजगारीमा बसेपछि नेपाल फर्र्कीका हुन् । उनी पार्टीको स्थापनाकाल देखि नै रास्वपाका सक्रिय रहेका छन् । उप सभापतिमा भने अहिले सम्म विमला बस्नेतको मात्रै आँकक्षा देखिएको छ । 
यसै गरी सचिवमा पनि तीन जनाले आँकाक्षा देखाएका छन् । उनीहरू पनि मत माग्न व्यस्त रहेका छन् । सचिव पदको आँकाक्षीको रूपमा रहेका दिवस नेपाल यस अघि नेपाली काँगेसको राजनीतिमा सक्रिय थिए । जेन्जी आन्दोलन पछि भने उनी रास्वपाका सक्रिय छन् । तेक्वान्दो सङ्घ मोरङको अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन शाह निकट मानिन्छन् । यस्तै सचिव पदका लागि इ सुरेश कुमार श्रेष्ठ र कुमार फुयाँल समेत आकाङ्क्षी देखिएका छन् । सह सचिव पदका लागि भने सिर्जना गिरी आचार्य र सन्तोष कुमार सिंह आकाङ्क्षी देखिएका छन् । गिरी यस अघि पनि सह सचिवमा निर्वाचित भएकी थिइन् । 
रास्वपाको विधान अनुसार भने कोषाध्यक्ष भने निर्वाचित कमिटीले छनौट गर्ने गर्छ । यस्तै अधिवेशनले क्षेत्रीय सभापतिहरूको समेत चयन गर्ने छ । 
रास्वपा श्रोतका अनुसार नेतृत्वका लागि पुरानो रास्वपा टिम र प्रधानमन्त्री बालेनको समूहका बिचमा आन्तरिक प्रतिस्पर्धा रहेको छ । तर आँकाक्षीहरुले आफूलाई साझा उम्मेदवारको रूपमा उभ्याएका छन् । उनीहरूले प्यानल प्रतिस्पर्धा नहुने बताए । हेर्दा व्यक्ती व्यक्तिका बिचमा प्रतिस्पर्धा भए पनि पार्टी भित्र स्पष्ट रूपमा दुई वटा गुट देखिएको छ । सो गुटलाई रोक्नका लागि प्यानल प्रतिस्पर्धा गर्न रोक लगाइएको ती नेताले बताए । 
बालेन निकट एक नेताका अनुसार अधिवेशनलाई आगामी प्रदेश र स्थानीय तहमा जाने नेतृत्वलाई समेत हेरेर गुटबन्दी सुरु भएको छ । उनले भने, अहिले नै रोक्न सकियो भने स्थानीय तहको उम्मेदवारमा पनि रोक्न सकिन्छ भन्ने छ । यसैले पार्टी भित्र बालेन समूहका नेताहरूका बारेमा अनर्गल प्रचार समेत भइरहेको छ । उनले पार्टी भित्र संस्थापन पक्ष हाबी भएको दाबी गरे । यस अघि मोरङका १३ वटा पालिकाहरूको अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनमा १२ वटा पालिकामा नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । 
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशन भोली विराटनगरमा हुँदैछ ।