सुनसरी । राष्ट्रिय स्कुल च्याम्पियनसिप सुनसरी क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न क्वार्टरफाइनल खेलबाट डिभिएम स्कुल, जनता माध्यमिक विद्यालय, कोशी सेन्ट जेम्स स्कुल र विश्व आदर्श स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन्।
आजको पहिलो खेलमा नेपाल डिभिएम स्कुलले स्मल हेवन स्कुललाई ७ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो।
दोस्रो खेलमा जनता मावि इटहरीले कोशी पब्लिक स्कुल इनरुवालाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्यो।
तेस्रो खेलमा कोशी सेन्ट जेम्स स्कुलले ब्राइट फ्युचर स्कुललाई ६२ रनले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो।
यस्तै, चौथो खेलमा विश्व आदर्श स्कुलले लर्ड बुद्ध स्कुललाई ५६ रनले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भयो।
प्रतियोगिताका सेमिफाइनल खेलहरू आइतबार हुने सुनसरी जिल्ला क्रिकेट संघले जनाएको छ।
सुनसरी जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगिता जेठ २० गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा जिल्लाभरिका २० वटा विद्यालयको सहभागिता रहेको छ।















