सुनसरी । राष्ट्रिय स्कुल च्याम्पियनसिप सुनसरी क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आज सम्पन्न चार खेलमा लर्ड बुद्ध स्कुल, विश्व आदर्श स्कुल, नेपाल डिभिएम स्कुल र जनता माध्यमिक विद्यालय विजयी हुँदै अर्को चरणमा प्रवेश गरेका छन्।

पहिलो खेलमा लर्ड बुद्ध स्कुलले नोबेल एकेडेमीलाई १५ रनले पराजित गर्दै दोस्रो चरणमा स्थान बनायो।

दोस्रो खेलमा बराहक्षेत्रको जीवन ज्योति स्कुललाई विश्व आदर्श स्कुल, इटहरीले ५१ रनले हराउँदै दोस्रो चरणमा प्रवेश गर्न सफल भयो।mom1

तेस्रो खेलमा नेपाल डिभिएम स्कुल, इटहरीले सहिद स्मृति स्कुल, तरहरामाथि २१ रनको जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो।

यस्तै, चौथो खेलमा जनता माध्यमिक विद्यालय, इटहरीले शिक्षादीप एकेडेमीलाई ४७ रनले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ।

सुनसरी जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता जेठ २० गतेसम्म चल्नेछ।

प्रतियोगितामा सुनसरी जिल्लाभरका २० वटा विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ।