सुनसरी । शङ्कर बेली सिमसारका शिरीष फूलेपछि सिमसार क्षेत्र मनमोहक बनेको छ । ढकमक्क फूलेका शिरीषले जो कोहीको मन लोभ्याउँछ ।

मनमोहक बनेको सिमसारमा घुम्न तथा फूलेका शिरीषलाई पृष्ठभूमिमा राखेर फोटो खिच्न पर्यटकहरूको भीड लाग्न थालेको छ ।

वैशाख देखी यहाँका शिरीष फुल्न थाल्छन् । अहिले पूर्ण रूपमा फूलेका छन् ।

s_4


सिमसारका तालहरूसँग उभिएर ढकमक्क फूलेका शिरीषमा भिडियो तथा टिकटक बनाउन युवा देखी बुुढापाकाहरु सम्म यहाँ पुग्न थालेका छन् ।

पछिल्ला वर्षहरूमा यो सिजन विशेष गरी वैशाख, जेठमा धेरै पर्यटकहरू घुम्न आउने गरेका छन् । योसँगै वनभोज खाने सिजन कार्तिक देखी माघ महिना सम्म यहाँ वनभोज खानेको भिड लाग्ने गरेको छ ।

s_7


 शङ्कर बेली सिमसार व्यवस्थापन समितिले यस ठाउँलाई थप व्यवस्थित बनाउन विभिन्न संरचनाहरू बनाएको छ । घुम्न, फोटो खिच्नका लागि विभिन्न संरचनाहरू बनाइदिएको छ । यो सिमसार क्षेत्र करिब साढे चार बिघा क्षेत्रफलमा फैलिएको छ ।

s_5


s_8

s_1