विराटनगर । नेपाली कांग्रेसका संसदीय दल नेता भीष्मराज आङ्देम्बेले वडा कार्यालयमै पुगेर क्रियाशील सदस्यता अद्यावधिक गरेका छन् । 

संसदीय दल नेता आङ्देम्बेले गृह जिल्ला पाँचथरको फाल्गुनन्द गाउँपालिका पालिका वडा नम्बर १ नवमीडाँडा पुगेर क्रियाशील सदस्यता अद्यावधिक गरेको उनको सचिवालयले जनाएको छ। 

नेपाली काँग्रेसले १५ औँ महाधिवेशनमा सहभागी हुन अनिर्वाय रुपमा क्रियाशील सदस्यता अद्यावधिक गर्नुपर्ने भनेको छ । सोही अनुसार बैशाख भित्रमा अद्यावधिक गर्न भनिएको छ । अहिले केन्द्रिय पदाधिकारीहरुले आ आफ्नो क्षेत्रको वडा कार्यसमितिको कार्यालयमै पुगेर सदस्यता अद्यावधिक गरिरहेका छन् । 

केही दिन अघि उपसभापति विश्वप्रकाश शर्माले पनि झापा आएर वडा समितिको कार्यालयमै पुगेर क्रियाशील सदस्यता अद्यावधिक गरेका थिए ।