सुनसरी । प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ्ले धरानलाई आगामी ३० बर्ष सम्म पुग्ने गरी खानेपानीको दिर्घकालिन योजनाका लागि बजेट दिन माग गरेका छन् । 

आर्थिक वर्ष २०८३ । ०८४ को बजेटमा धरान क्षेत्रमा खानेपानी योजनाकाहरूलाई बजेटमा समावेश गर्न माग गर्दै विभागिय मन्त्रीसँग प्रस्ताव पेश गरेका छन् ।  खानेपानी मन्त्रालयलाई पत्र लेख्दै साम्पाङ्ले नागरिकले भोगिरहेका खानेपानी समस्या समाधानका लागि दीर्घकालीन र आधारभूत योजनाहरू तत्काल अघि बढाउन आवश्यक रहेको उल्लेख गरेका छन् ।

साम्पाङ्ले विशेषगरी ‘सप्तकोशी धरान खानेपानी आयोजना’ लाई प्राथमिकता दिनुपर्ने भनेका छन्  । सो आयोजनाबाट धरानका विभिन्न वडा तथा समतल आवासीय र बजार क्षेत्रलाई कम्तीमा ३० वर्षसम्म पर्याप्त हुने गरी दीर्घकालीन खानेपानी आपूर्ति गर्न सकिने उनको योजना छ । 

धरानमा खानेपानीका लागि प्राथमिकता दिएका साम्पाङ्ले आफ्नो निर्वाचन क्षेत्र सुनसरी १ भित्रका अन्य पालिका भित्रका खानेपानीका योजनाहरुको स्तरउन्नतीका लागि पनि बजेट माग गरेका छन् । 

उनले बराहक्षेत्र नगरपालिका र रामधुनी नगरपालिकामा खानेपानी स्तरोन्नति गर्ने योजनाहरू पनि बजेटमा समावेश गर्नुपर्ने माग  गरेका छन् । ती स्थानमा भूमिगत पानी निकालेर ‘ओभरहेड ट्यांकी’ निर्माण गरी व्यवस्थित वितरण प्रणाली विकास गर्नुपर्ने भनिएको छ । 


harka and pani