सुनसरी । १६औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

आज बेलुका ६ः३० बजे हुने उद्घाटन खेलमा जस्ट जोन फुटबल क्लब (नाइजेरिया) र युवा समाज मोरङबीच प्रतिस्पर्धा हुँदैछ ।

रात्रिकालीन रूपमा आयोजना हुने प्रतियोगिताको पहिलो खेलले नै दर्शकमा उत्साह थप्ने अपेक्षा गरिएको आयोजक राष्ट्रिय जागृति क्लबका अध्यक्ष केशव कार्कीले जानकारी दिए ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ हात पार्नेछ ।

यसैगरी, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई १० हजार रुपैयाँ पुरस्कार राखिएको छ ।

यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २० हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ प्रदान गरिने  ।

राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा हुने प्रतियोगितामा नेपाल र विदेशका गरी ८ टोली सहभागी छन् । प्रतियोगिता वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ ।