विराटनगर । रास्वपा कोशी प्रदेश कार्यवाहक अध्यक्ष गोमा तामाङ ‘सरिन ले पार्टीले समानुपातिक तर्फका सांसद सिफारिस गरेकोमा असन्तिष्टी व्यक्त गरेकी छन् । उनले कोशीको हकमा सांसद सिफारिसमा समस्या भएको भन्दै असन्तुष्टि जाहेर गरेकी हुन । उनले पार्टीले  कोशीको भौगोलिकता र जातीय कलस्टरलाइ समेट्न नसकेको बताइन ।

उनले भनिन ,जातीय र भौगोलिक क्लस्टर समेट्न नसक्दा अबका दिनहरूमा सङ्गठनमा धेरै असर नपर्ला भन्न सकिन्न । उनले आफूले कोशीको हकमा पहाडी भुगौल समेट्न पर्छ छुट्नु हुन्न भनेको तर समानुपातिक सांसद सिफारिसमा ती नाम हरू नसमेटिएको बताएकी छन् । उनले जान्नेलाई छान्ने बहानामा ओखलढुङ्गाकी शोभा कार्की खोटाङकी गायिका सत्यकला राई र ताप्लेजुङकी मिरा लाबुङको नाम समेट्न नसकिएको भन्दै असन्तुष्टि जनाएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन् , पर्नुपर्ने थियो ओखलढुङ्गाको बगरहरूमा घण्टी बोकेर पहिलो २०७९ को उम्मेदवार  जसले सानो नानी चेपेर रा स्व पा को बीउ रोप्ने थिइन शोभा कार्की  । तर उहाँको नाम परेन । खोटाङबाट समानुपातिकमा नाम थियो चर्चित गायिका बौद्धिकताकी खानि सत्यकला राई वहाँको नाम किन आएनरु उनले ताप्लेजुङ कि मिरा लाबुङ वहाँको नाम किन समानुपातिक सम्सदको सूचीमा किन नपरेको भन्दै प्रश्न गरेकी छन  ।

उनले  केन्द्रीय नेताहरूको वरपर नजिक भएका ले पनि  समानुपातिकतर्फ को नाम सिफारिस गर्ने विषयमा ध्यानाकर्षण गर्न नसक्नु विडम्बना भएको बताएकी छन् । उनले लेखेकी छन् , व्यक्ति विशेष हरू केन्द्रीय  नेताज्युहरुको  वरपर नजिक भएर पनि यी कुरामा ध्यानाकर्षण गराउन नसक्नु विडम्बना  दुःखद छ ।

तामाङ सुनसरी १ बाट रास्वपा तर्फबाट प्रत्यक्ष तर्फको उम्मेदवार बनेकी थिइन । उनी श्रम सस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङ सँग पराजित भएकी थिइन । रास्वपाका तत्कालीन प्रदेश अध्यक्ष राजेश तिम्सिनालाई कारबाही गरिएपछि तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो ।