सुनसरी । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सुनसरी जिल्लामा खसेको समानुपातिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो स्थानमा देखिएको छ ।
जिल्लाका चारवटै निर्वाचन क्षेत्रको मत जोड्दा रास्वपाले सबैभन्दा धेरै मत प्राप्त गरेको हो ।
प्राप्त विवरण अनुसार रास्वपाले सुनसरीका चार निर्वाचन क्षेत्रबाट कूल १ लाख ७८ हजार ३३३ मत प्राप्त गरेको छ ।
समानुपातिक तर्फ नेपाली कांग्रेस दोस्रो स्थानमा रहँदै ५२ हजार ३८३ मत ल्याएको छ ।
त्यसैगरी नेकपा एमालेले ३५ हजार ८९२ मत प्राप्त गरेको छ भने श्रम संस्कृति पार्टीले ४५ हजार ६९४ मत पाएको छ ।
नेकपा माओवादी केन्द्रले भने १० हजार ७९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन क्षेत्रअनुसार हेर्दा रास्वपाले चारवटै क्षेत्रमा उल्लेख्य मत ल्याएको देखिन्छ ।
विशेषगरी क्षेत्र नम्बर २ मा रास्वपाले ५७ हजार ५८१ मत प्राप्त गर्दै सबैभन्दा धेरै मत पाएको छ ।
पाँच लाख ८० हजार ९४५ मतदाता रहेको सुनसरीमा तीन लाख ६९ हजार ६०० मत खसेको थियो ।















