विराटनगर । झापाको गौरादह नगरपालिकाका मेयर छत्र पति सुवेदीमाथि घरैमा गएर कुटपिट गरिएको छ ।
झापाको गौरादह–५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मादक पदार्थ सेवन गरेर मेयर सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेको प्रहरीले जनाएको छ। मेयर सुवेदी माथि हातपात गर्ने सिटौला जापान बसेर आएको खुलेको छ ।
मेयर सुवेदीका अनुसार सिटौला घरमै आएर विवाद गरेका थिए । विवादका क्रममा आफूमाथि हातपात गरेको सुवेदीले बताए । उनले एक्कासि घरमा आएर आफूmसँग विवाद गरेको बताए । उनले भने, ‘उहाँ किन घरमा आउनु भयो ? रिसीइवी के हो त्यो पनि थाहा छैन । उनले एक्कासि विवाद गर्दै हात पात गरे ।’ सुवेदी एमालेबाट गौरादह नगरपालिकाको मेयरमा विजयी भएका हुन् ।
प्रहरी चौकी महारानीझोडाबाट प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर कार्कीको कमान्डमा खटिएको टोलीले सिटौलालाई नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।














