सुनसरी – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा उल्लेख्य संख्यामा मत बदर भएको छ।
निर्वाचन कार्यालयका अनुसार सुनसरी–१ मा ४ हजार ४ सय ८९ मत बदर भएको छ। त्यसैगरी सुनसरी–२ मा ६ हजार २ सय २९ मत बदर भएको छ।
यस्तै सुनसरी–३ मा ५ हजार ६ सय ११ मत र सुनसरी–४ मा ६ हजार ६ सय ७४ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
चारवटै निर्वाचन क्षेत्र जोड्दा सुनसरीमा कुल २३ हजार ३ मत बदर भएको देखिएको छ।
सुनसरीमा ५ लाख ८० हजार ९ सय ४५ मतदाता रहेकोमा ३ लाख ६८ हजार ६ सय ५९ मत मात्र खसेको थियो ।
निर्वाचन आयोगका अनुसार मतपत्रमा एकभन्दा बढी चिन्ह लगाउने, मतपत्रमा सही तरिकाले छाप नलगाउने वा मतपत्र क्षति पुग्ने जस्ता कारणले मत बदर हुने गर्दछ।















