सुनसरी । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सुनसरी क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार लालबिक्रम थापा बिजयी भएका छन ।
थापाले ५७ हजार ३ सय ४८ मत प्राप्त गर्दै स्पष्ट जीत निकालेका हुन ।
उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजीव कोइरालालाई ४१ हजार २ सय ७७ मतान्तरले पराजित गरेका हुन ।
कोइरालाले १६ हजार ७१ मत मात्र प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा (एमाले) का उम्मेदवार सुजन लामाले ८ हजार ३ सय ३ मत ल्याएका छन् भने श्रम संस्कृती पार्टीका चेतन राईले ७ हजार ४ सय ८४ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा कुल १ लाख ५८ हजार ९ सय १० मतदाता रहेका छन्। जसमध्ये १ लाख १ हजार ४ मत खसेको थियो।
जसमा ६ हजार २ सय २९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।















