विराटनगर । सुनसरी क्षेत्र नम्बर १ मा जारी मत गणनामा श्रम सस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङले एक हजार मतले अग्रता बनाएका छन् । सुरुवाती चरणमा रास्वपाका गोमा तमांगसँग पछाडि परेका राईले ५,८९१ मत प्राप्त गर्दै पहिलो अग्रता बनाएका हुन्  ।
उनलाई रास्वपाका उम्मेदवार गोमा तामाङले ४,८०९ मतका साथ पछ्याइरहेकी छिन्। राई र तामाङबिचको मतान्तर १,०८२ रहेको छ। तेस्रो मत नेपाली कम्युनिस्ट पार्टीका सूर्य बहादुर भट्टराईले पाएका छन् । उनले  १,२९१ मत  पाउँदा  एमालेका टिका राम लिम्बुले ९६४ मत पाएका छन् । यस्तै काँग्रेसका  सुजेन्‍द्र तामाङले ८९८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव श्रेष्ठले ३७५ मत पाएका छन्