विराटनगर । मोरङ क्षेत्र नम्बर  ६  मा मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा उम्मेदवार विजयी भएका छन् । काँग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालालाई फराकिलो मतान्तरले रास्वपाकी  रुबिना आचार्य विजयी भएकी हुन् ।
आचार्यले ५५ हजार ५१३ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी डा शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरे । एमालेका विनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा श्रम संस्कृति पार्टीका मातृका पौडेलले भने ३ हजार ४ सय मत प्राप्त गरेका छन् ।
निर्वाचनमा उम्मेदवार बन्नु अघि सम्म आचार्य सो क्षेत्रमा गुमनाम थिइन । विराटनगर घर भए पनि उनी विराटनगरको राजनीतिमा सक्रिय थिइनन् । कोइराला परिवारको विरासत जोडिएका डा शेखर यस अघि सोही क्षेत्रबाट पटक पटक विजयी हुँदै आएका थिए ।