झापा। झापाको कमल गाउँपालिका वडा नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालय रहेको घरमा गएराति तोडफोड भएको छ। स्थानीय जय कुमार अधिकारीको घरमा राति करिब साढे १२ बजे नचिनेका मनानिसहरूले ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ।
उक्त घरको माथिल्लो तलामा रास्वपाको सम्पर्क कार्यालय रहेको भए तापनि ढुङ्गा प्रहारबाट घरधनी बस्ने कोठाको झ्यालको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए। प्रहरीका अनुसार, ढुङ्गा प्रहार सिधै पार्टी कार्यालयमा नभई घरधनी बस्ने फ्ल्याटको झ्यालमा लागेको पाइएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, उक्त घटना कसले र कुन उद्देश्यले गराएको हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन।