सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ताप्लेजुङ स्थित पाथीभरा देवीको दर्शन तथा पूजापाठ गरेका छन् । 
आज(शुक्रवार) बिहानै पाथीभरा मन्दिर पुगेका बालेनले देवीको पूजा पाठ गरेका हुन । 

झापा ५ मा पूर्व प्रधानमन्त्री एवं केपी शर्मा ओलीसँगको प्रतिस्पर्धामा रहेका बालेन चुनावी प्रचारप्रसारकै क्रममा समर्थक र पार्टी कार्यकर्तासँग इलाम, पाँचथर हुँदै पाथीभरा देवीको दर्शनमा पुगेका हुन् ।

बालेनले पाथीभरा देवीको दर्शन तथा पूजा पाठ गरे पछि अहिले राजनीति जोडेर धार्मिक बहस सुरु भएको छ । बालेनको पाथीभरा दर्शनले धार्मिक दृष्टिकोण र  हिन्दु संस्कारको बहस सृजना गरेको छ । 

केही समय अघि बालेनका पिताको मृत्यु भएको थियो । सोही कारण उनी अशौचमा छन् र यस्तो बेला मन्दिरमा पूजापाठ तथा दर्शन गर्न नमिल्ने भन्दै बहस सृजना भएको छ । 

विशेष गरी सामाजिक सञ्जालमा यस्तो बहस सुरु भएको हो । कतिपयले बालेनको पक्षमा दर्शन गर्न मिल्छ भनेका छन् भने कतिपयले हिन्दु संस्कारको हवाला दिँदै दर्शन गर्न नमिल्ने भन्दै हिन्दु संस्कार माथि प्रहार भएको पनि भनेका छन् । 
pathibhara 1


महेश बस्नेतले छेडेको धार्मिक बहस 

सुषुप्त रहेको यो बहसलाई नेकपा एमालेका सचिव महेश बस्नेतले टिप्पणी गरेपछि भने राजनीतिक दृष्टिकोणले पनि बहसले तीव्रता पाएको छ ।

नेता बस्नेतले हिन्दु संस्कार अनुसार आफन्त बितेपछि पूजा दर्शन गर्न मिल्छ भन्दै प्रश्न गर्दै बालेनको दर्शन गरेको फोटो राखेर फेसबुकमा पोस्ट गरेका छन् । 

उनले पोस्ट गरेपछि यो बहसले धार्मिक साथै राजनीतिक रगं पनि मिसिएको भन्दै सामाजिक सञ्जालमै टिप्पणी भएका छन् । 

एमाले सचिव बस्नेतले बालेनले धर्मलाई चुनाव प्रचारको साधन बनाएको आरोप पनि लगाएका छन् । बस्नेतले आशौच बारेका बेला मठमन्दिरमा दर्शन गर्न नमिल्ने भनेका छन् । 

mahesh basnet

 उनले भनेका छन्,

हिन्दु संस्कार अनुसार आफन्त बितेपछि पूजा–दर्शन गर्न मिल्छ?
उत्तर  :
 मिल्दैन।
बा–आमा वा नजिकको आफन्त बितेपछि
१ वर्ष सम्म अशौच जुठो मानिन्छ।
यो अवधिमा देव दर्शन, पूजा–पाठ,
ठुला धार्मिक कर्म निषेध छन्।
प्रश्न : 
त्यसो भए चुनावको मुखमा पाथीभरा दर्शन के हो ?
उत्तर:
हिन्दु संस्कारको दृष्टिले
यो अनुचित र बेठिक हो।
आस्था निजी विषय हो,
तर धर्मलाई चुनावी प्रचारको साधन बनाउनु
संस्कार विपरीत र नैतिक रूपमा गलत हो। 

यो सामाजिक सञ्जालबाट यो धार्मिक बहस छेडेपछि अन्य व्यक्तिहरूले पनि यसको पक्ष र विपक्षमा टीका टिप्पणी हुन थालेका छन् । कतिपयले भने यसलाई राजनीतिक  खिचातानी पनि भनेका छन् ।