विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेशका अधिकांश निर्वाचन क्षेत्रका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि केही निर्वाचन क्षेत्रको बाहेक अरूमा टुङ्गो लागेको नेपाली कम्युनिस्ट पार्टीका नेता हरिबोल गजुरेलले बताए । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका बाम घटकहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले प्राविधिक कारणले केही निर्वाचन क्षेत्रको भने उम्मेदवार टुङ्गो लगाउन सकेको छैन ।
सो पार्टीले पहाडी जिल्लामा भने उम्मेदवारको टुङ्गो लगाइसकेको छ । २८ वटा निर्वाचन क्षेत्र रहेको कोशी प्रदेशमा अधिकांश उम्मेदवार तत्कालीन माओवादीबाट बनेका छन् । नेपाली कम्युनिस्ट पार्टीबाट दुई जना पालिका अध्यक्ष प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने भएका छन् । सो पार्टीले इलाम १ बाट रणबहादुर राई र सोलुखुम्बुबाट असिम राईलाई उम्मेदवार बनाउँदै छ । राई इलामको सूर्योदय नगरपालिकाका मेयर हुन् भने असिम थुलुङ् दुधकोशी गाउँपालिकाका अध्यक्ष हुन् ।
कहाँबाट को बन्दै छन् उम्मेदवार
सुनसरी
१ सूर्यकुमार भट्टराई) मनोज भट्टराई
२ रामकुमारी चौधरी
३ केशव कुमार विष्ट
४ पदम अधिकारी
झापा
१ अशेष घिमिरे
२ धर्मशिला चापागाईँ
३ बाँकी
४ बाँकी
५ रञ्जित तामाङ
मोरङ
१ कुलप्रसाद साम्बा
२ बाँकी
३ देवेन्द्र सम्बाहाम्फे
४ अमनलाल मोदी
५ शिवकुमार मण्डल
६ बाँकी
धनकुटा धर्मप्रसाद पौडेल
सङ्खुवासभा सरिता खडृका
भोजपुर अजम्मर काङ्माङ्ग राई
खोटाङ हरि रोक्का
ओखलढुङ्गा बाँकी
उदयपुर
१ बलदेव चौधरी
२ सुरेश राई
ताप्लेजुङ खेलप्रसाद बुडाक्षेत्री
पाँचथर हर्क नेम्बाङ्ग मिक्सो
सोलुखुम्बु असिम राई
इलाम
१ रणबहादुर राई
२ ओमबहादुर गुरुङ















