विराटनगर । नेकपा एमालेले मोरङका बाँकी रहेका दुई क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको छ । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा हिजो साँझ अबेर  ४ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्नेको नाम टुङ्गो लगाएको थियो । बाँकी रहेका  मोरङ क्षेत्र नम्बर ५ मा मनोज अग्रवाल र ६ मा विनोद ढकाललाई एमालेले उम्मेदवार बनाउने भएको हो ।
एमालेका एक पदाधिकारीका अनुसार यो विषयमा लगभग निर्णय भइसकेको छ । यद्यपि निर्णय भने सार्वजनिक गरिएको छैन । यस अघि २०७९ को निर्वाचनमा ढकाल मोरङ ४ बाट उम्मेदवार भएका थिए । सो क्षेत्रमा पराजित भएका ढकाललाई मोरङ ६ बाट टिकट दिइएको एमालेले जनाएको छ । अघिल्लो निर्वाचनमा मोरङ ६ बाट लालबाबु पण्डित उम्मेदवार बनेका थिए । उनी काँग्रेसका डा शेखर कोइरालासँग पराजित भएका थिए ।   मोरङ ५ मा यसअघि स्वतन्त्र सांसद योगेन्द्र मण्डल निर्वाचित भएका थिए । 
यस अघि एमालेले क्षेत्र नम्बर मा घनश्याम खतिवडा, २ मा दिलीप बगडिया, ३ मा दिलीप राई र ४ मा जीवन घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरी सकेको छ ।