विराटनगर । कोशी प्रदेश सरकारको पुनर्गठन भएको छ । एमालेका ५ जना र नेपाली काँग्रेसबाट ५ जना लाई मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रीको रूपमा नियुक्त गरेका छन् । सरकारमा रहेका एमाले र काँग्रेसका मन्त्रीहरूलाई फिर्ता बोलाउँदै नयाँ मन्त्री नियुक्त गरेका हुन् । नियुक्त हुनेमा ८ जना मन्त्री र दुई जना राज्यमन्त्री रहेका छन् । यो सँगै कोशी प्रदेशको मन्त्री परिषद् ११ सदस्यीय भएको छ । प्रदेश प्रमुखको कार्यालयमा अहिले नव नियुक्त मन्त्रीहरूले पद तथा गोप नियतको सपथ खाने कार्यक्रम जारी रहेको छ ।
















