सुनसरी । प्याब्सनका पूर्व अध्यक्ष तथा विराटनगरका शिक्षा क्षेत्रका अगुवा टीकाराम पुरीले नेकपा एमाले पाटी परित्याग गरेका छन् ।
निजी विद्यालय सञ्चालक पुरी नेकपा एमालेको कोशी प्रदेश कमिटीको सल्लाहाकार रहेका थिए ।
पुरीले विहिबार प्रदेश कमिटिलाई एक पत्र लेख्दै पाटी परित्याग गरेको जानकारी दिएका हुन ।
उनले दिएको निवेदनमा, " व्यवहारिक र पारिवारिक कारणले यस पाटीमा रहन नसक्ने हुँदा पाटीको सकृय सदस्यता, प्रदेश कमिटीको सल्लाहाकार र साधारण सदस्य समेत नरहने गरी पाटी परित्याग गरेको घोषणा गर्दछु ।" भनी उल्लेख गरिएको छ ।
उनले यो निवेदन नेकपा एमाले मोरगं जिल्ला कमिटीलाई बोदार्थ पठाएका छन् ।
पुरीले विराटनगरमा एभरेष्ट बोर्डिङ स्कुल सञ्चालन गर्दै आएका छन् ।

















