विराटनगर। एमाले केन्द्रीय सदस्यमा जीवन घिमिरे सर्वाधिक मत सहित ल्याएकाे सार्वजनिक भएको छ। काठमाडौंमा सम्पन्न ११ औं राष्ट्रिय महाधिवेशनमा घिमिरे १ हजार ६४१ मत सहित विजयी  भएका छन् । काेशीकाे भूगाेलबाट घिमिरेले सर्वाधिक मत ल्याएकमे  भएकाे हाे । नेता घिमिरे एमालेकाे ८ औं राष्ट्रिय महाधिवेशन देखि निरन्तर केन्द्रीय सदस्यमा निर्वाचित हुँदै आएका छन् । 

काेशी प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचितहरूमध्ये घिमिरे  सिनियर नेता हुन् ।  घिमिरेले तत्कालीन काेशी अञ्चल इन्चार्ज तथा १० औं राष्ट्रिय महाधिवेशन पछि संखुवासभा र माेरङ जिल्ला इन्चार्ज जिम्मेवारी पूरा गरेका छन् ।

माेरङबाट घिमिरे सहित केन्द्रीय सदस्यमा ऋषिकेश पाेखरेल, परशुराम वस्नेत, दिलिप बगडिया र शिल्पा निराला कार्की निर्वाचित हुनुभएको छ । केन्द्रीय अनुशासन आयोगमा राजमति इङ्नास निर्वाचित भएका छन् ।