विराटनगर । बस  व्यवसायी तथा उपभोक्ता प्रवर्द्वन केन्द्रको साधारणसभा इटहरीमा सम्पन्न भएको छ । सभाले नयाँ २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको अध्यक्षमा नेत्र बहादुर थापा निर्वाचित भएका छन्। थापासहित छ जना पदाधिकारी र १९ जना सदस्य भए २५ सदस्य  समिति चयन भएको हाे । साधारणसभाले आगामी कार्यकालमा संस्थालाई थप सक्रिय र परिणाममुखी बनाउने प्रतिवद्धता जनाएको छ।
साधारणसभाले कृष्ण प्रसाद सुवेदीलाई संरक्षकको जिम्मेवारी दिएको छ भने राजमणी निरौलालाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको छ। त्यस्तै, उपाध्यक्षमा बाबुराम कार्की, महासचिवमा गोकुल भट्टराई, सचिवमा सुर्य बहादुर लिम्बु र कोषाध्यक्षमा फडिन्द्र बहादुर कार्की चयन भएका छन्।
कार्यसमितिको संरचना शाखा विस्तारदेखि लिएर सामाजिक तथा व्यवसायिक संरक्षणसम्मका गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यसहित तय गरिएको अध्यक्ष थापाले बताए।
संस्थामा हाल ८० कम्पनी साधारण सदस्य रहेको जानकारी सभामा प्रस्तुत गरिएको थियो। संगठनले सडक दुर्घटना न्यूनीकरण, व्यवसायीहरूको हकहितको संरक्षण र आपतकालीन अवस्थाहरूमा सहयोग पुर्‍याउनेजस्ता सामाजिक जिम्मेवारीका कामलाई प्राथमिकतामा राख्दै आएको अध्यक्ष थापाले बताए। नयाँ कार्यसमिति चयनसँगै संस्थाले विस्तारित भूमिकासहित काम गर्ने तय गरेकाे नव निर्वाचित सदस्य जीवन खनालले जानकारी दिए ।