सुनसरी ।  मोरङ क्षेत्र नं ६ बाट प्रतिनिधिसभा निर्वाचनका लागि डा. शेखर  कोइरालाको एकल नाम सिफारिस गरेको छ । मंगलबार बसेको नेपाली काँग्रेस क्षेत्रीय समितिको बैठकले कोइरालाको मात्र नाम सिफारिस गरेको हो । 

क्षेत्रीय  सभापति देवराज तामागं दिएको जानकारीअनुसार, समानुपातिकमा पुरुष तर्फ रमेशजंग रायमाझीको एकल नाम सिफारिस गरेको छ ।

यता, समानुपातिक महिला तर्फ डा. डिला संग्रौला,रुक्मिणी कोइराला, डा.प्रमिला गच्छदार, मृदुला कोइराला, सीता पोखरेल घिमिरे र सरिता थापा मगरको नाम सिफारिस गरिएको छ ।

यस्तै राष्ट्रिय सभाका लागि फेकन पासवान,जयप्रकाश सरदार,महेश जाजु,उमा घिमिरे, प्रभा आचार्यको नाम सिफारिस गरिएको क्षेत्रिय सभापति तामागंले जानकारी दिए । 


यता, मोरगंको क्षेत्र नम्बर ४ तर्फ भने प्रतिनिधि सभा उम्मेदवारका लागि महेश आचार्य,गुरुराज घिमिरे,दिलिप गच्छदार, विनोद कुमार बस्नेत र दुर्गा भट्टराईको नाम सिफारिस भएको छ ।

समानुुपातिक तर्फ भक्तिनाथ माझी,विश्वनाथ रिजाल,रामकुमार विश्वकर्मा,उदय राजवंशी,चन्दन चौधरी,मनोज परियार,विजय माझी,इन्दिरा कार्की,सुची चौधरीको नाम सिफारिस गरिएको  क्षेत्रीय सभापति विनोद कुमार बस्नेतले जानकारी दिए । 

सभापति बस्नेतका अनुसार राष्ट्रिय सभा तर्फ भने राष्ट्रिय सभा तर्फ सुवोध निरौला,सन्तनु रेग्मी,संगिता आचार्य,शशिकला श्रेष्ठको नाम सिफारिस गरिएको छ ।