विराटनगर ।नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज आचार्यले संविधानको बाटोबाटै  समस्या समाधान गरिनु पर्ने बताए । विराटनगरमा पत्रकारसँग कुरा गर्दै  उनले संविधान भित्रबाटै समस्या समाधान खोज्न पर्ने भएकाले एमालेले सम्सद पुनर्स्थापनाको कुरा गरेको बताए । 

स्थायी कमिटी सदस्य अधिकारीले अहिलेको सरकारले निर्वचन गराउने नसक्ने दाबी  गरे । उनले भने,‘यो सरकारले निष्पक्ष निर्वाचन गराउन सक्दैन । यो निर्वाचन गराउनका लागि जेन्जी सहितको राष्ट्रिय सरकारले मात्रै निर्वाचन गराउन सक्छ । अव त्यता लाग्नु पर्छ । जाँचबुझ आयोगका नाममा प्रहरीका प्रमुखलाई कारबाही गरिँदै छ अव त्यस्तो मनोबल गिरेको प्रहरीले हाम्रो लागि निर्वाचन गराउन सक्छ ?’  

उनले आन्दोलनका बेला लुटिएका प्रहरीका हतियार र प्रहरीका ड्रेस फिर्ता नभए सम्म निर्वाचन शान्तिपूर्ण रूपमा हुन सक्नेमा विश्वास नरहेको बताए । उनले भने निर्वाचनका बेला ती हतियार र पोसाक प्रयोग भए भने के हुन्छ ? हामीले ढाँट्न हुँदैन अहिले नै निर्वाचन हुन सक्ने वातावरण छैन ।

उनले नेताहरूले खराब गरेको भए जनमत बाट कारबाही गर्न सक्ने  व्यवस्था संविधानमा भएको बताए । उनले भने कोइराला निवास जलाएर , नेताहरूलाई भौतिक रूपमा आक्रमण गरेर कस्तो खाले लोकतन्त्रको खोजी भएको हो ? उनले एमाले निर्वाचनमा जान तयार रहेको बताए । उनले भने,‘हामी हुने निर्वाचनमा जुनसुकै बेला जान तयार छौ । हामी चुनावका लागि खेलाडी हौ । चुनाव बाट हामी भाग्दैनौ ।