सुनसरी । बंगालको खाडीमा विकसित चक्रवात मोन्थाले कोशी प्रदेशमा पनि असर पुर्याउने हुँदा सर्तक रहन राष्ट्रिय विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
आज(मंगलबार) एक विज्ञप्ती जारी गर्दै सर्तक रहन प्राधिकरणले आग्रह गरेको हो ।
प्राधिकरणका अनुसार कोशी प्रदेशका १० जिल्ला प्रभावित हुने उल्लेख छ । कोशी प्रदेशका तराईका सुनसरी, मोरगं झापा, सहित पहाडी जिल्लाहरु संखुवासभा,ताप्लेजुगं,पाँचथर,तेह्रथुम,भोजपुर,धनकुटा,इलाम प्रभावित हुने उल्लेख छ ।
भारी हिमपात तथा बर्षा हुने सक्ने भएकाले सर्तक रहन राष्ट्रिय विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।
व्यवस्थापन प्राधिकरणले यो समयमा अन्नबाली नकाट्न र काटेको भए तत्काल भित्राउन सुचनामा उल्लेख गरेको छ । उच्च पहाडी र हिमाली जिल्लाहरुमा अत्यन्त जरुरी नभई यात्रा नगर्न आग्रह गरेको छ ।
यस्तै प्राधिकरणले डुबान हुन सक्ने बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा रहन, प्रभािवत जिल्लाका नदि किनारका बासिन्दा सर्तक रहन र जोखिम देखिए सुरक्षित स्थानमा सर्न भनेको छ ।
यस्तै प्रभावित जिल्लाका विपत् व्यवस्थापन समिति र सुरक्षा समितिलाई आवश्यक तयारी र पूर्व तयारी गर्न प्राधिकरणले भनेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मोन्था चक्रवातको असर बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म रहनेछ ।


















