सुनसरी । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा बुवाले आफ्नै छोराको हत्या गरेका छन । मिक्लाजुङ८ भदौरका ५२ वर्षीय बखतसिंह सिंगक लिम्बूले आफ्नै छोराको हत्या गरेका हुन् । 


जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मादक पदार्थ सेवन गरेका बखतसिंहले आइतबार अपराह्न घर पछाडिको बारीमा आफ्ना १७ वर्षीय छोरा सफल सिंगकमाथि बन्दुक चलाएका थिए । 


भरुवा बन्दुक प्रहार गर्दा गोली लागेर सफलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गोली शरीरका विभिन्न भागमा लागेको थियो ।

 इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगेर आरोपी बखतसिंहलाई घटनास्थलबाटै बन्दुकसहित नियन्त्रणमा लिएको छ  ।

घटनापछि मृतकको शवलाई पाँचथर अस्पतालमा प्रारम्भिक परीक्षणपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीको जनाएको  छ ।

 घटनाको विस्तृत अनुसन्धान  सुरु गरेको प्रहरीले जनाएको छ ।