विराटनगर । पानी वातावरण र जीवन संस्था (वेल नेपालले) को २८ औँ  साधारण सभा शनिवार विराटनगर–२, मुनालपथस्थित संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ। साधारण सभाले नयाँ कार्य समिति चयन गरेको छ ।
पदम प्रसाद पोखरेलको अध्यक्षतामा नौ सदस्यीय समिति गठन भएको हो। नवगठित समितिमा गङ्गा प्रसाद आचार्य उपाध्यक्ष, विन्देश्वरलाल दास सचिव, मिनुश्री श्रेष्ठ कोषाध्यक्ष र भावना श्रेष्ठ, खेम नेपाली, रमा सुवेदी, गोपाल गौतम तथा गङ्गा प्रसाद खनाल सदस्यका रूपमा चयन भएका छन्।
कार्यक्रममा संस्थाका सचिवद्वारा गत आ.ब.को प्रगति विवरण र चालू आ.ब.को प्रस्तावित कार्यक्रम प्रस्तुत गरिएको थियो। त्यस्तै, कोषाध्यक्षले आर्थिक प्रतिवेदनसहित चालू आ.ब.को प्रस्तावित आय–व्यय विवरण पेस गरेका थिए ।  सभाले सर्वसम्मत रूपमा ती सबै प्रतिवेदन र विवरण अनुमोदन गरेको छ।
साधारण सभामा नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिएको छ। संस्थाका सदस्यहरूका अनुसार नयाँ नेतृत्वले संस्थाको उद्देश्य र गतिविधिलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने अपेक्षा गरिएको छ।