सुनसरी। काठमाडौंका मेयर बालेन्द्र शाहले धरानका मेयर हर्क साम्पाङले उठाएका सवालको जवाफ ठट्यौली पारामा फर्काएका छन् ।
जेन-जी आन्दोलनपछि बाहिर नदेखिएको भन्दै धरानमा मेयर हर्कले निरन्तर फेसबुकमार्फत बालेनलक्षित स्टाटस पोस्ट गरिरहेका थिए ।
त्यसैको जवाफमा बालेनले आफूलाई जति गाली गरे पनि मेयर हर्कलाई माया गर्न नछाड्ने उल्लेख गरेका हुन् ।
उनले लेखेका छन्, 'डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन ।
एकतर्फी नै सही, तर मेरो माया साँचो हो । You are my true love.❤️'
यसअघि हर्कले जेनजी आन्दोलनपछि बालेन अगाडि नआएको भन्दै कडा आलोचना गरेका थिए ।
उनले फेसबुकमै भनेका थिए, ‘लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिन्छ लिडर भनिँदैन !’