विराटनगर । कोशी प्रदेशका विभिन्न सहरमा बिहानैबाट आन्दोलन सुरु भएको छ । झापाको बिर्तामोडमा रहेको नेकपा एमालेको कार्यालयमा प्रदर्शनकारीले आगो लगाएका छन् ।

हिजो पनि पाटी कार्यालयमा तोडफोड भएको थियो । हिजो तोडफोड भएको पाटी कार्यालयमा आज बिहानैबाट भेला भएका प्रदर्शनकारीले बिर्तामोड स्थित एमाले पाटी कार्यालयमा तोडफोड र आगजनी भएको छ । अहिले एमाले पाटी कार्यालयमा आगो लागि रहेको छ ।

यस्तै विराटनगरको देवकोटा चोक र पुष्पलाल चोकमा प्रदर्शनकारी भेला भएर प्रदर्शन सुरु गरेका छन । प्रदर्शनकारीले विराटनगर स्थित पुष्पलाल चौकमा पुष्पलालको सालिकमा तोडफोड गरेका छन् । 

यस्तै इटहरीमा पनि कर्फ्यु तोडेर प्रदर्शनकारी भेला हुन थालेका छन् । इटहरीमा हिजो भएको प्रदर्शनमा २ जनाको ज्यान गएपछि इटहरी तनाव ग्रस्त भएको थियो ।