विराटनगर । १९औं मानव बेचबिखनविरुद्धको दिवसको अवसरमा मोरङको जहदा गाउँपालिका–५ लक्ष्मीनियास्थित दुर्गा माध्यमिक विद्यालयमा विद्यालय स्तरीय सचेतना कार्यक्रम सम्पन्न भएको छ।
आफन्त नेपालकाे आयाेजनामा  भएको कार्यक्रममा ८२ जना विद्यार्थी तथा कर्मचारी, शिक्षकहरूकाे सहभागिता रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बिसन लाल मण्डलको अध्यक्षता रहेको थियो।
जहदा गाउँपालिका–५ का वडाध्यक्ष मुन्सीलाल मुर्मु प्रमुख अतिथि रहेका थिए। साथै, जिल्ला प्रहरी कार्यालय मोरङकी डीएसपी कपिला चुडालकाे विशेष अतिथिका रूपमा सहभागी  भएका थिए ।IMG-20250904-WA0065
मानव बेचबिखन तथा ओसारपसारकाे बारेमा आयाेजक संस्थाका विराटनगर शाखा प्रमुख  अमृता घिमिरेले गरेकी थिईन् । उनले सामाजिक सञ्जालमार्फत कसरी मानव बेचबिखनको जालमा फस्न सकिन्छ र त्यस्तो जोखिमबाट कसरी जोगिने भन्ने विषयमा जानकारी गराइन्।
सीमा अनुगमन सहजकर्ता शुक्री राईले ‘आफन्त नेपाल’ का गतिविधिबारे जानकारी गराईन्।  जिल्ला प्रहरी कार्यालय मोरङकी डीएसपी काेपिला चुडालले मानव बेचबिखनसँग सम्बन्धित कानुनी प्रावधान र यसबाट हुने जोखिम तथा सुरक्षाका उपायबारे विस्तृत प्रस्ट पारिन्।
वक्ताहरुले मानव बेचबिखन रोकथामका लागि विद्यार्थी स्तरमै सचेतना आवश्यक रहेकोमा जोड दिँदै यसका लागि परिवार, विद्यालय, समुदाय र सुरक्षा निकाय बीच सहकार्य अपरिहार्य हुनेमा जाेड दिइएको थियाे।