विराटनगर । विवादमा आइरहने कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामले मन्त्रालयका सचिव शरणकुमार पाण्डे चढ्ने गाडीको चाबी खोसेका छन् । उनले आफूलाई असहयोग गरेको भन्दै हप्की दप्की गर्दै पाण्डेले चढ्ने गाडीको चाबी खोसेका हुन् ।
सचिव पाण्डे सोमबार कार्यालय पुग्ने बित्तिकै चालकलाई बोलाएर चाबी खोसेका हुन् । कृषि सचिव पाण्डेको दुई साता अघि सरुवा भएको थियो । सरुवा भए पनि उनले रमाना लिएका थिएनन् ।
रमाना नलिएकै बेला भदौ १३ गते बसेको मन्त्री परिषद्को बैठकले सचिव पाण्डेलाई पुन कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालयमै सरुवा गरेको थियो ।
कृषि मन्त्री हाङ्गामले आफू अनुकूलको सचिव ल्याउने तयारी भइरहँदा पाण्डेको पुन मन्त्रालयमै थमौती भएपछि उनले आज हप्की दप्की गर्दै गाडीको चाबी खोसका हुन् । उनले चालकहरूलाई भेला पार्दै कसैले सचिव वोके कारबाही हुने धम्की समेत दिएका छन् । सचिव पाण्डेले चाबी खोसिएको बताए ।
उनले आफूसँग मन्त्रीको कुराकानी नभए पनि चालकसँग चाबी खोसेको बताए । उनले भने, मेरो र मन्त्री ज्यूका बिचमा केही केही कुरा र विवाद नभए पनि चाबी खोसिएको बताए ।
बजेट निर्माणका क्रममा जेठमा आफूलाई नसोधी प्रमुख सचिवसँग छलफल गर्न गएको भन्दै मन्त्री हाङ्गामले सचिव सहित महाशाखा प्रमुखहरूलाई भौतिक कारबाही गर्ने धम्की दिएका थिए । उनले आफुलार्य नसोधी गएको भन्दै आक्रोश पोख्दै हप्की दप्की गरेका थिए ।
केही दिन अघि मन्त्रीले करारका ड्राइभर हटाउने र आफ्ना मान्छे नियुक्ति गर्ने प्रयास गरेका थिए । जसलाई सचिवले अस्वीकार गरेको पछि विवाद भएको हो । यस्तै झापामा भएको कर्मचारीबिचको विवादमा पनि मन्त्री र सचिवबिच असमझदारी भएको थियो ।