विराटनगर । कोसी प्रदेश सरकारले सदनमा पेस गरेको संचार विधेयकको विरोधमा पत्रकारले निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीसँग घम्साघम्सी भएको छ । 

संसदीय पत्रकारले कोसी प्रदेशसभा परिसरमा शान्तिपूर्ण धर्ना दिएका थिए । पत्रकार महासंघ कोसी प्रदेशका प्रतिनिधिसहितको टोली परिसरबाहिर प्रदर्शन गरिरहेका थिए । सोहीक्रममा प्रहरीसँग पत्रकारको घम्साघम्सी परेको हो ।

विधेयक न्याय प्रशासन तथा विधायन समितिबाट पारित भएर शुक्रबार सभामा पेस भएको छ । विधेयकमा पत्रकारलाई एक लाख रुपैयाँसम्म दण्डजरिबाना गर्ने प्रावधान राखेपछि पत्रकारले विरोध गरिरहेका छन् । 

नेपाल पत्रकार महासंघ कोसीका अध्यक्ष भरत खड्काले विधेयकप्रति आफूहरूको असहमति भएको बताए ।