विराटनगर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी १० बर्ष पछि एमाले मोरङ्गको पाटी कार्यालयमा पुगेकी छन् । विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिकको वार्षिक उत्सवमा सहभागी हुनु पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सोमबारदेखि विराटनगरमा छन्
। एमाले मोरङ र कोशी प्रदेशको कार्यालय विराटनगर स्थित पाञ्चालीमा रहेको छ । भुईँ तलामा जिल्ला र पहिलो तलामा प्रदेश कार्यालय रहेको छ । प्रदेश र जिल्ला कार्यालयसँगै भए पनि जिल्लाले आयोजना गरेको कार्यकर्ता भेटघाटमा सहभागी हुन भण्डारी जाने कार्यक्रम तय भएको हो ।
भण्डारी पाटी कार्यालयमा पुग्दा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राई र प्रदेश अध्यक्ष भने बाहिर छन् । राई केही दिनदेखि काठमाण्डौमा छन् । यस्तै प्रदेश अध्यक्ष पनि एमाले सङ्खुवासभाको बैठकमा सहभागी हुन खाँदवारि गएका छन् ।
सोमबार विराटनगर आउँदा स्वागत गर्न प्रदेश समितिको तर्फबाट सचिव राजकुमार भण्डारी गएका थिए । जिल्ला समितिको तर्फबाट भने पदाधिकारी स्वागत गर्न पुगेका थिए ।
भण्डारी पाटी कार्यालय जाने विषयमा आफूहरूसँग औपचारिक जानकारी नआएको प्रदेश अध्यक्ष खतिवडाले बताए । उनले भने मैले पनि सुनेको छु । प्रदेश समितिसँग त्यस्तो कुनै औपचारिक जानकारी छैन। जिल्ला समितिले भने पार्टी कार्यालयमा आउने भण्डारी आउने भएकाले स्वागतमा सहभागी हुन सबैलाई आव्हान गरेको छ ।
एमाले मोरङमा भण्डारी पक्षधरहरूको बहुमत रहेको छ । यस अघि भएको अभिबेसनमा संस्थापन पक्षलाई पराजित गर्दे पदाधिकारीमा संस्थापन इतरको समूह विजयी भएको थियो । सो समूहलाई भण्डारी समूहको नाममा प्रचार गरिएको थियो । यस्तै महानगरमा समेत संस्थापन इतरकै पदाधिकारी विजयी भएका छन् ।
एमाले महानगर इन्चार्ज परशुराम बस्नेतले पाटी कार्यालयमा पाटी कार्यकर्ता भेला नभएको स्पष्ट पारेका छन् । उनले सामाजिक सञ्जालमा सूचना जारी गर्दै लेखेका छन्,केही सामाजिक सञ्जाल, फोन र मेसेजमार्फत आज भदौ ३ गते मङ्गलवार दिउँसो १२ बजे नेकपा एमाले जिल्ला कार्यालयमा पार्टी कार्यकर्ता भेलाको कार्यक्रम रहेको भनी प्रचार गरिएको पाइएको छ।
यस सन्दर्भमा स्पष्ट जानकारी गराउन चाहन्छु कि नेकपा ९एमाले०को केन्द्रीय, प्रदेश वा जिल्ला तहबाट त्यस प्रकारको कुनै पनि कार्यक्रम निर्धारण गरिएको छैन।
उनले पाटी कार्यालयमा आयोजना गरिएको भनिएको भेला झुटो भएकाले सो झुटो प्रचारप्रसारप्रति नझुक्किनुहुन सम्पूर्ण नेता, कार्यकर्ता तथा पार्टी प्रेमी जनसमुदायमा हार्दिक अनुरोध गरेका छन् ।
पूर्व राष्ट्रपति तथा नेकपा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी १० वर्षपछि नेकपा एमाले मोरङको पार्टी कार्यालय पुगेकी हुन् । मोरङ एमाले पार्टी कार्यालय मदन आश्रित भवन पनि भएकाले उनी कार्यालयमा गएको दाबी छ ।
एमाले मोरङका सचिव सोमराज थापाले पूर्व राष्ट्रपति भण्डारीको औपचारिक कुनै पनि कार्यक्रम नरहेको बताए । उहाँले काठमाण्डौं फर्कनुअघि पार्टी कार्यालय भवन अवलोकन गर्दै फर्कने कार्यक्रम रहेको थापाले बताए ।