सुनसरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नवनियुक्त उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले कार्यभार सम्हालेका छन् ।
उपकुलपति प्रा.डा. श्रेष्ठले आज (शुक्रवार) प्रतिष्ठानको उपकुलपतिको कार्यभार सम्हालेका हुन । बुधवार सरकार उनलाई बिपी प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो ।
पदको कार्यभार सम्हाल्दै प्रा.डा.श्रेष्ठले एक वर्ष भित्रमा बिपीको धेरै बेथिति न्यूनीकरण भएर जाने प्रतिबद्धता जनाए । उनले विगतमा जस्तो पदाधिकारीहरू बिचमै बेमेलको अवस्था सृजना हुने वातावरण बन्न नदिने बताए ।
आफू प्रति धेरैले काम गर्ने अपेक्षा र विश्वास रहेको बताउँदै प्रा.डा श्रेष्ठले सोही अनुसारको काम गरेर देखाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
पदभार ग्रहण कार्यक्रममा प्रतिष्ठानका अस्पताल निर्देशक, शिक्षाध्यक्ष तथा रजिस्ट्रार सहित शिक्षक, कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
उपकुलपतिमा नियुक्त भएका प्रा.डा. श्रेष्ठ हाड जोर्नी विशेषज्ञ हुन । उनले विगतमा प्रतिष्ठानको शिक्षाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । उनको नियुक्ति प्रति बिपी प्रतिष्ठानका पदाधिकारी, कर्मचारी, विद्यार्थीका साथै धरान नगर बासी समेत सकारात्मक देखिएका छन् ।