विराटनगर । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वरिष्ठ नेता झालनाथ खनालले एमाले फुटाएर गल्ती गर्‍यौ भन्नु भएको हो भने उहाँले पाटीमा बस्ने अधिकार नभएको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपालले यदि खनालले साँच्चीकै त्यसो भन्नु भएको हो भने खुरुक्क राजीनामा दिएर बिदा लिएर जानु पने बताए । 

उनले भने उहाँले त्यसो भन्नु भएको हो भन्ने कुरा मलाई विश्वास लागेको छैन । अचेल त एआई को जमाना छ । नबालेको कुरा पनि बोलेको जस्तो बनाइन्छ । ’पत्रकारको जिज्ञासामा नेपालले यदि खनालले त्यसो भन्नु भएको हो भने उहाँले पाटीबाट बिदा लिनु पर्छ । हिजो मात्रे समाजवादीका वरिष्ठ नेता झालनाथ खनालले एमाले फुटाएर गल्ती गरेको बताएका थिए । 

उनले खनाललाई पाटीको निर्णय उलङ्घन गर्ने कुरामा नम्बर वान भएको बताए । उनले माओवादीसँग समाजवादी मोर्चालाई निरन्तरता दिने र दुई पाटी बिचको सम्बन्धलाई विश्वासको जगमा खडा गर्ने र  सहकार्यलाई बलियो बनाउने गरी जाम भनेर छलफल  भइरहेको बताए ।  उनले भने यो हाम्रो पाटीको संस्थागत निर्णय हो । यसमा कसैले विरोध गर्नुको अर्थ छैन । 

उनले माओवादीसँग एकीकरणको कुरा नभएको बताए । उनले भने तपाँइहरुलाई कसले भन्यो माओवादीसँग एकीकरणको कुरा भएको रु यो कुरा भएको छैन । अहिले सहकार्य र मोर्चाको मात्रै कुरा भएको छ ।दुई पाटी बिच सहकार्यको कुरा अगाडि बढाऔँ ।
उनले यो सरकार सबै हिसाबले असफल भएको बताए । उनले भने एउटा व्यक्ती केपी ओलीको अहङ्कारको दम्भका कारण देश पीडित छ । 
उनले आफूलाई लागेको केस भ्रष्टाचारको केस नै नभएको दाबी गरे । उनले भने आफू माथि लागेको भ्रष्टाचारको मुद्दा राजनीतिक प्रतिसोध भएको दाबी गरे । उनले आफू मागी  पूर्वाग्रह भएको कुरा सबैले बुझेको र आफूले एक पैसा पनि तलमाथि नगरेको दाबी गरे । 
उनले आफूसँग जोडिएको भ्रष्टाचारको केसमा सबै विधि प्रक्रिया तलबाटै पुगेको बताए बताए ।

उनले भने, मन्त्रालय, उप सचिव सचिव राज्यमन्त्री पूर्ण मन्त्री र क्वाविनेटको सबै सम्मत निर्णय भएको छ कसैको फरक मत छैन । त्यसो हुनाले यो काम गर्न ऐन र कानुनले दिएको छ । संविधानले दिएको छ । ’ उनले पताञ्जलीलाई सार्वजनिक जग्गा एक टुक्रा पनि नदिएको दाबी गरे । उनले पताञ्जलीलाई हद बन्दी भन्दा बढी जग्गा किन्न कानुनले नै दिएको बताए ।