सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नगर अस्पतालको जग्गा फिर्ताका लागि संघीय सरकारको स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेका छन् ।
उनले पत्रमा प्रयोग गरेको भाषा शैली भने मर्यादित रहेको छ ।
अनौपचारिक शैलीमा साम्पाङले लेखेका छन्, ‘उपर्युक्त सम्बन्धमा धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ ।
छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुनचाहिँ कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई दिइ पठाएछ थाहा भएन यसरी नगरपालिकाको जग्गा लान पाइँदैन । एभिबकभ फिर्ता गरिदिनु होला । धन्यवाद ।’
पत्रको बोधार्थ प्रधानमन्त्रीको कार्यालयलाई पनि पठाइएको छ ।