झापा । झापाको शिवसताक्षी नगरपालिका-८ झिलझिलेमा आज बिहान  दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत दमकबाट सुरुंगातर्फ जाँदै गरेको मे३प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र१-०१-००१च ९३२९ नम्बरको जीप एकआपसमा ठोक्किंदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए।

मृत्यु हुनेमा कमल ४ बस्ने २५ बर्षीय मौषम राई, मोटरसाइकलमा सवार २० बर्षीय युनिष भण्डारी र १७ बर्षीय सरोज रेग्मी रहेका छन् ।  जीप चालकलाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धान थालेको छ।